दफा १०
खाद्य सहायताको स्वरुप र परिमाण
(१) ऐन तथा यस नियमावली बमोजिम निःशुल्क वा सहुलियत मूल्यमा उपलब्ध गराइने खाद्य सहायताको स्वरुप र परिमाण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गरे बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम खाद्य सहायताको स्वरुप र परिमाण निर्धारण गर्दा निःशुल्क र सहुलियत मूल्यको खाद्य सहायताको लागि फरक फरक हुने गरी निर्धारण गर्न सकिनेछ।
(३) उपनियम (१) बमोजिम खाघ सहायताको स्वरुप र परिमाण निर्धारण गर्दा व्यक्ति, घर परिवारको सङ्ख्या तथा खाद्य सहायता वितरणको आर्थिक पक्ष समेतको विश्लेषण गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम खाद्य सहायताको स्वरुप र परिमाण निर्धारण गर्दा स्थानीय आवश्यकता अनुसार फरक फरक गरी निर्धारण गर्न सकिनेछ।